दफा ७८
कर्मचारीको सेवाको सुरक्षा
कुनै पनि कर्मचारीलाई देहायका अवस्थामा बाहेक सफाईको सबूद दिने मनासिब माफिकको मौका नदिई संघीय संसद सेवाबाट हटाइने वा बर्खास्त गरिने छैनः-
(क) नैतिक पतन देखिने फौजदारी अभियोगमा अदालतबाट कसूरदार ठहरिएको,
(ख) म्यादी पदमा बहाल रहेको,
(ग) भागी पत्ता नलागेको वा सम्पर्क स्थापित गर्न सम्भव नभएको पर्याप्त आधार भएको,
(घ) भ्रष्टाचारको आरोपमा अदालतबाट कसूरदार ठहरिएको ।